मानिसहरु भ्रम वा षड्यन्त्र सिद्दान्त (conspiracy theory) मा किन विश्वास गर्छन्?
मानिसहरु सधैँ सत्य कुरामा विस्वास गर्दैनन्। कति मानिसहरुलाइ सत्य कुरा थाहा नभएर भ्रममा विस्वास गर्दछन। कति मानिसहरु सत्य कुराको जानकारी भएर पनि बिभिन्न कारणले भ्रममा बिस्वास गर्दछन। बिशेष गरी आम मानिस संकटमा भएको बेला जस्तो महामारी, युद्द, ठुलो सामाजिक आपराधिक घटना आदि जस्ता बेलामा भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा ब्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आम मानिसको हात हातमा भएको बेला यो कुरा फिँजाउन झन सजिलो भएको छ।
उदाहरणका लागि सडकमा दुर्घटना भएर एक युवाको मृत्यु भयो। अब त्यो मृत्यु भएको युवाले दुर्घटनाको बेला रक्सी सेवन गरेको पनि देखियो, र ज्यादा स्पीडमा सवारी गलत साइडमा हाँकेको पनि थाहा लाग्यो।तर ऊ चाहिँ सम्बन्धित ठाउँको ठुलो मानिसको छोरा रहेछ भने, अब उसको मृत्युको कारण बुझ्दाबुझ्दै पनि यो चाहिँ दुर्घटना नभएर कसैले उसलाइ मारेको हो भनेर विस्वास गरिने सिद्दान्त नै षडयन्त्र सिद्दान्त हो।
यस्तो परिस्थिती जसमा मानिसलाइ अनिश्चितताको पीडाले जलाइरहेको र तर्साइरहेको हुन्छ।
कोरोना महामारीमा विश्व पिल्सिरहेको र सर्बतिर अन्यौल भएको बेला नेपालमा कहिले नाम नसुनिएका, कहीँ नपढेका, कुनै काउन्सिलमा दर्ता नभएका, सपनामा भगवानले मलाइ चिकित्साशास्त्र पढाएको भन्ने सम्मको लोभीपापीर हुनसक्छ मानसिक रुपमा बिक्षिप्त मानिसहरुबाट आफुलाइ डाक्टर बैज्ञानिक भनेर सोसल मिडियामा छाएका छन्। वास्तविक कुरामा बिचारै नगरी उनीहरुलाइ मसिहा ठान्ने आम मानिसहरु मात्र होइनन्, पत्रकार, शिक्षक, आदि जस्ता पढेलेखेका मानिसहरु पनि छन।
कोरोना भाइरस छैन- बैज्ञानिकले पुष्टी गरेको र आनुबांसिकी समेत जानकारी भइसकेको भाइरस।
कोरोनाको मृत्यु भनेर मानव अंग तस्करी हुन्छ — मानव अंग जीउबाट निकालेको १-२ घन्टाभित्र अर्को मानिसको जिउमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ, दुबै मानिसको एकै पटक अपरेसन गर्नुपर्छ। अंग कुनै चाउचाउ जस्तो होइन, प्याकेटमा राख्ने र भोक लागेको बेला प्याकेट फोडेर खाने। यस्तो कुरा गर्ने फटाहालाइ सीधै लगेर आजीवन थुनिदिए हुन्छ।
जडिबुटीबाट भ्याक्सिन बनाएको रे- जसले जडिबुटी मिसाएर भ्याक्सिन बनाएँ भन्छ, उसलाइ भ्याक्सिनको अर्थ नै थाहा छैन। बुझे हुन्छ, त्यो मानिस सतप्रतिसत कि त ठग हो कि त मानसिक सन्तुलन गुमाएको मानिस हो।
तर यसको सट्टा युट्युबमा रातारात भाइरल देखिएका शिक्षा-दीक्षा नभएका, सामाजिक आधार उत्तरदायित्व र परिचय केही नभएका आकासबाट अकस्मात फलेका सडकछाप बैज्ञानिक र स्व-घोषित झारपात डाक्टरको कुरा शेयरगर्ने र यसको आधारमा आम धारणा तय गर्दै जाने हो भने आत्महत्या गरेको सरह हुने निश्चित छ।
Originally published at https://neurosandesh.blogspot.com on September 4, 2020.